• नेपालमा थप दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ । त्यस्तै थप २ हजार ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ३७ हजार ५ सय ९९ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।

    त्यस्तै हालसम्म नेपालमा ३८ हजार ७७ हजार ४ सय ६९ वटा पिसिआर र ४ लाख ५४ हजार ६९४ वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा ५० लाख ६३ हजार ५ सय २२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७ सय ६५ जनो कोरोनाको दोश्रो मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

4565