• प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । अमेरिकी संचारसंस्था सीएनबीसीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको बताए । ओलीले मुलुकमा ७५ प्रतिशतले कोरोना संक्रमण नियन्त्रणमा आइसकेको र बाँकी नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उल्लेख गरे । ओलीले दोश्रो लहरको कोरोना नियन्त्रणमा आएपनि तत्काल खोपको जरुरी भएको बताए ।

4565