• पर्सामा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेपछि वजार क्षेत्रमा निषेधाज्ञा खुकुलो बन्दै गएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार ७७ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा जम्मा ११ जनामा कोरोना संक्रमण फेला परेको छ ।

    फेला परेका संक्रमित मध्ये पर्साका ७ जना, बाराका १ जना, रौटहटका २ जना र सर्लाहीका १ जनामा ९ पुरुष २ महिला गरी जम्मा ११ जनामा संक्रमण भेटिएको छ । शुक्रबार ८० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा जम्मा १४ जनामा कोरोना संक्रमण फेला परेको थिए । फेला परेका संक्रमित मध्ये पर्साका ९ जना, बाराका २ जना, रौतहटका १ जना र सर्लाहीका २ जना रहेको वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशाललाले जनाएको छ ।

    अस्पतालका अनुसार संक्रमितहरुमध्ये २ जना महिला र १२ जना पुरुष रहेका छन् । त्यसै गरी बुधबार पनि २८२ जनाको पिसिआर परिक्षण गर्दा ६० जनामा कोरोना भाईरस संक्रमण फेला परेको थियो । जसमध्ये संक्रमित हुनेमा पर्साका २४ जना, बाराका २१ जना, रौतहटका ८ जना, सर्लाहीका ६ जना र ललितपुरका एक जना थिए । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालाको दैनिक सार्वजनिक गरेको अनुसार पर्सामा कोभिड संक्रमितको संख्या घटदैजादा सरकार र स्थानिय प्रशासन द्धारा लगाईएको निषेज्ञा खुकुलो हुदै जादा बजारमा चहलपाहल बढेको देखिएको हो ।।।

4565