-
दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाघुसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माणको काम ११ वर्ष सम्म पनि सम्पन्न हुन नसक्दा उत्पादित बिद्युत खेरा जाने अवस्थामा पुगेको छ ।
२०७८ वैशाखभित्र सिङ्गल सर्किट सञ्चालनमा ल्याउने भनिएपनि कामले गति लिन नसक्दा प्रसारण लाइनको काम हुन नसकेको हो । प्रशारण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा २५ मेगावाटको सिंगटी, १० मेगावाटको सिप्रिङ र ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत खेरा जाने अवस्थामा पुगेको छ । हालसम्म सिंगटी र लामोसाँगु स्थित १३२÷३३ को सवस्टेशनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख राजन ढुङ्गेलले बताए ।
१३२ केभी प्रसारण लाइनको एक सय २६ वटा टावर निर्माण गर्नुपर्नेमा सिन्धुपाल्चोक तर्फको दुईवटा टावरको इरेक्सन बाकि छ भने प्रसारण लाइन तर्फ सिंगल सर्किट पाँच किलोमिटर र डबल सर्किटको १५ किलोमिटर तार टाग्न बाकी रहेको छ ।
दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतलाई व्यवस्थापन गर्ने गरी प्राधिकरणले भारतीय ठेकेदार कम्पनीसँग सवस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।
तर प्रसारण लाइन निर्माणमा भइरहेको ढिला सुस्तीले जिल्लामा उत्पादित बिद्युत खेरा जाने निश्चित बनेको स्थानीयहरुको भनाई छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





