• विक्री गर्ने समयमा कोरोनाका कारण निशेधाज्ञा सुरु भएपछि लिचीबाट आम्दानी नभएको भन्दै मोरगंका लिची किसानहरु चिन्तित बनेका छन । लिची फुल्ने समयमा हावाहुरी सहित आएको असिना पानीले क्षति पुग्दा उत्पादन कम भएको र पाकेको समयमा निशेधाज्ञाले बजार नपाउदा आम्दानी लिन नसकेको किसानहरुले गुनासो गरेका हुन ।

    उत्पादीत लीची स्थानीय वजारका साथै इटहरी, धरान, विराटनगर सहित काठमाडौ सम्म व्यापारीहरुले लैजाने गरेकोमा यस बर्ष भने बिक्री ठप्प भएको किसानको गुनासो छ ।गत वर्ष एउटै वोटबाट २५ हजार सम्म आम्दानी लिएका किसानहरुलाई यो बर्ष भने लगानी नै नउठ्ने चिन्ता छ ।

4565