• बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष सुनसान देखियो । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना महामारीका कारण स्थानीयवासी र बौद्ध भिक्षुभिक्षुणीहरुले भौतिक दुरी कायम गरेर प्रार्थना गरेर बुद्ध जयन्ती मनाएका छन् ।

    कोरोना महामारीका कारण यसवर्ष बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले सामान्य पूजापाठ, वृक्षारोपण र सांझ दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएको लुम्बिनी विकास कोषले जनाएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर पूजा र मन्त्रोच्चारणमा सहभागी भएका थिए ।

4565