• नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अर्थतन्त्रमा थप चुनौती बढ्दै गएको बताएका छन् । एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औँ बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाको दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरे ।

    उनले कोरोनाको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गएको अवस्थामा दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थ व्यवस्था फेरि अनिश्चिततातर्पm धकेलिएको बताए । भर्चुअल बैठकमा गभर्नर अधिकारीले कोरोनाबाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्पm अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाबारे जानकारी गराए ।

    कोरोना संक्रमणयताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना÷पुनर्तालिकीकरण, कर्जाको सावाँ÷ब्याज भुक्तानीको समयसीमा बढाउनेजस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको बताए । कोरोनाबाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनर्कर्जा सुविधालाई परिमार्जन गरिएको र पुनर्कर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनर्कर्जा सुविधा उपलब्ध गराउन सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी गराए ।

    साथै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलब÷ज्याला भुक्तानीको निम्ति नेपाल सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाइएको उनले बताए ।

4565