• राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरुको आकर्षण व्यवसायीक केरा खेतीमा तर्फ भई रहेको समयमा मोरगंको सुन्दरहरैचा नगरपालिकाले अनुदानमा किसानहरुलार्ई टिस्युकल्चर प्रविधिबाट तयार पारिएको विरुवा वितरण गर्न थालेको छ ।

    नगरपालिकाले केरा खेती गर्ने किसानहरुलाई ५० प्रतिसत अनुदानमा टिस्युकल्चर प्रविधिबाट तयार पारिएका विरुवाहरु ल्याएर वितरण गर्न थालेको हा ।

    टिस्युकल्चर गरिएका केरा खेतीबाट कम समय तथा कम लगानीमा राम्रो आम्दानी लिन सकिने भएको तर्फ मध्यनजर गर्दै किसानका लागि नगरपालिकाले विरुवा वितरण गर्न थालेको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए । किसानहरुको केरा खेती तर्फको आकर्षण मागलाई हेरेर नगरपालिकाले यस वर्ष १५हजार केराका विरुवा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा ५हजार विरुवा ल्याएर वितरण गरिरहेको समेत भट्टराईले वताए ।

    व्यवसायीक रुपमा खेती गर्दा मुनाफा वढी आउने रोग नलाग्ने भएकाले टिस्युकल्चर गरिएको केरा खेती तर्फ आकर्षण वढेको किसान दिपेन्द्र ढकाल वताउछन ।

    व्यवसायीक रुपमा केरा खेती तर्फ किसानहरुको आकर्षण वढ्दै गईरहेको समयमा नगरपालिकाले रोग तथा किराले न्युन मात्र क्षती गर्ने जी –९ र विलियम विलियम हाइब्रेड जातका केरा विरुवाहरु वितरण गर्दै आएको छ । नगरक्षेत्रका किसानहरुलाई राम्रो आम्दानी लिन सकिने केरा खेती तर्फ आकर्षित गर्न नगरपालिकाले वडा वडामा केरा खेतीका लागि कृषि प्राविधिकहरु मार्फत सहजिकरण गर्दै आएको छ ।

    टिस्युकल्चर प्रविधि झापाको खुदुनाबारीबाट भित्रयाएर सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई टिस्युकल्चर प्रविधिका विरुवाहरु वितरण गर्दै आएको छ । टिस्युकल्चर प्रविधिबाट तयार गरिएका विरुवाहरुले राम्रो फल दिने रोगसंग लड्ने क्षमता वढी भएका कारण पनि उपयोगी भएको प्राविधिक प्रशोधन निरौलाले वताए । उनले एउटा विरुवाको कोषबाट धेरै विरुवा तयार पारिने प्रद्धति टिस्युकल्चर गरेर एउटा केराको गानाबाट धेरै विरुवाहरु तयार गरिने गरेको जानकारी गराए ।

    व्यवसायीक केरा खेतीका लागि उर्वर मानिने सुन्दरहरैचा क्षेत्रमा उत्पादन भएका केराहरु स्थानीय वजारका साथै इटहरी , धरान ,विराटनगर , काठमाडौं लगायतका सहरहरु सम्म विक्रीका पुग्ने गरेको छ ।

4565