-
नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टिनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । यसको अलावा कोभिड १९ का विरुद्ध अहोरात्र खट्ने चिकित्सकहरुलाई खानाको व्यवस्था गरिएको, मास्क आवश्यक हुनेहरुका लागि मास्क बैंकको स्थापना गरिएको पनि चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो ।
केही दिनमै कोभिड १९ को सम्बन्धमा एक हजार जनालाई तालिम दिन लागिएको पनि उहाँले जानकारी दिनुभयो । चिकित्सक संघले कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेकाहरुका लागि आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्नका लागि कल सेन्टर समेत सञ्चालन गरेको छ । एन एम ए हटलाइन नम्बर ११५६ मा कल गरी स्वास्थ्य परामर्श लिन सकिने जनाइएको छ । कल सेन्टर जेठ ७ गते दिउँसो ३ बजेदेखि ८ बजेसम्म र त्यसपछि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गरिएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३