-
नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ । विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरी बोर्डले मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरूप नेपाल आउने भारतीय यात्रुहरूको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजिकरण गरिरहेको छ ।
बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन फारममार्फत विवरण सङ्कलन गरिरहेको छ । यसरी सङ्कलित विवरण सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको बोर्डका निर्देशक मणि लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको छ ।
बोर्डले सञ्चालन गरेको ट्राभल लोकेटर हालसम्म ४४८ विदेशी नागरिक दर्ता छन् । उनीहरूमध्ये अमेरिकन ८२, भारतीय ५८, रसियन ३७, वेलायती २९, जर्मन २७, युक्रेनी २२, पाकिस्तानी १९, बङ्गालाी १४ नागरिक छन् । त्यस्तै स्पेनी १४, स्वीस १२, क्यानेडियन नौ, नेदरल्याण्डका सात, रोमानियाका छ स्लोभाकियाका पाँच, बेलारुसका चार, अष्ट्रेलियाली र जापानी दुई नागरिक छन् ।
बोर्डले होटल क्वारेन्टिको व्यवस्थापनलागको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफैँ पनि सेवा लिनसक्ने जनाएको छ । बोर्डले अहिले एयर बबल सम्झौताअनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन्, उनीहरूको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताउनुभयो । विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडानमार्फत घर फर्काइरहेका छन् ।
कोभिड–१९ महामारीको दोस्रो चरणको सङ्क्रमण बढ्दै जाँदा सरकारले गत वैशाख १६ देखि राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याउने काम गरेको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत वैशाख २१ को निर्णयअनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३