-
देशभर कोरोना भाइरस कोभिड १९ को माहामारी व्यक्त छ । माहामारीको समयमा बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा बिकाश निर्माणको काम प्रभावित हुदै आएको छ । निर्माण व्यवसायीले काम गर्न नसक्ने भन्दै योजनाको काम ठप्प पार्दै आएका छन । तर पाँचथरको कुम्मायक गाउँपालिका निषेधाज्ञाकै बीच कालो पत्रेको कामले गति लिएको छ । निषेधाज्ञाकै बीच निर्माण कम्पनीले योजनाको १२ सय २७ मिटरमा कालो पत्रेको लागि प्राइम कोड लगाउँन थालेको छ ।
यासोक सडक तथा ढल निर्माणको खण्ड १ को १२ सय २७ मिटरमा सवबेस र बेस सम्पन्न भएपछि निर्माण व्यवसायीले प्राइम कोड लगाउँदै आएको छ । प्राइम कोडपछि ट्याक कोड लगाएर कालो पत्रे गर्न काम सुरु गरिएको हो । निषेधाज्ञकै बीचमा कालो पत्रेको कामले गति लिएपछि स्थानीय हर्सित भएका छन ।
योजनाको ३.४ किलोमिटर मध्ये २.२ किलोमिटरमा आरसिसि ढलान गरिने भएको छ । निर्माण स्थलमा नाली र सोलिङको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको ढलानको काम पनि हुदै आएको छ । योजनाको पहिलो खण्डको १२ सय २७ मिटर पूरा भएपछि ६० प्रतिशत भौतिक प्रगति हुन्छ । त्यस्तै आर्थिक प्रगति २० प्रतिशत भएको देखिएको छ । योजना संचालन गरेको ८ महिनामा निर्माण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको सहरी बिकाश भवन कार्यालय इलामले जनाएको छ ।
बजारको १२ सय २७ मिटर बाहेक भित्री सडक २ सय ४७ मिटर, पृथ्वी माविसम्मको ८ सय ४७ र बजारदेखि खानेपानी कार्यालयसम्मको ८ सय ५० मिटरको खण्डमा कालो पत्रेका लागि अन्तिम चरणमा पुगेको भन्दै बाँकी योजनाको काम अघि बढ्ने निर्माण कम्पनीले जनाएको छ । जिल्लामा जेठ १७ गतेसम्म निषेधाज्ञाको जारी भएको छ । यस्तो अवस्थामा कालो पत्रेको काममा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।प्रदेश १ सरकारको १० करोड ५२ लाख ४५ हजार ३ सय ५५ रुपैयाँमा सहरी बिकाश तथा भवन कार्यालय इलाम मार्फत सियम कृष्ण लक्ष्मी जेभीले योजनाको ३.४ किलोमिटर सडकको ठेक्का पाएको छ । निषेधाज्ञाको समयमा पनि निरन्तर काम गरेको भन्दै स्थानीयले प्रशंसा गर्दै आएका छन ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३