-
काठमाडौं । मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर आउने बताएको छ । आगामी मे महिना सम्म सो बाइक नेपाली बजारमा उपलब्ध हुनेछ ।बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन हुनेछ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर हुनेछ ।
बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत हुनेछ ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।
त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेकोछ ।
यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





