• प्रधानमन्त्री केपी ओलीले आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने बताएका छन् । सरकारले बजेट ल्याउदा संसदीय प्रक्रिया छल्ने हो कि भन्ने विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । पार्टीका वरिष्ठ नेता माधव नेपालपछि संचारकर्मीसंग प्रधानमन्त्री ओलीले संसद् जिउँदै रहेकोले प्रक्रियाबाट नै बजेट आउने बताए ।

    जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहे पनि अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफाफरिस गरेको छैन । अर्कोतिर, जेठ १५ गतेअगाडि नै राष्ट्रपतिले संसद सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने भएपनि अहिलेसम्म बजेट अधिवेशनको टुङ्गो लागेको छैन ।

4565