-
कोभिड संक्रमण तीव्र रुपमा फैलिएसँगै सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द हुने भएको छ । तरकारी बजारभित्र भीड नियन्त्रण गर्न समस्या भएको जनाउँदै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले खुद्रा र कृषक बजार बन्द गर्ने निर्णय गरेको हो ।

समितीका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार राति ३ बजेदेखि बिहान ५ बजेसम्म तरकारी किन्न आउने सर्वसाधरणको भीड नियन्त्रण गर्न सक्ने अवस्था नरहेपछि यस्तो निर्णय भएको हो । तरकारी खरिद गर्न आउने सर्वसाधरणले स्वास्थ्यको मापदण्ड पनि पालना गरेनन् । महामारी व्यापक फैलिँदै छ । हजारौ मान्छेको भीड नियन्त्रण गर्न सक्ने अवस्था रहेन,’ उनले भने, त्यही भएर खुद्रा कारोबार रोक्ने निर्णय गरेका छौं ।’ होलसेल बजारसँगै खुद्रा बजारमा पनि रहेछ ।
यस्तै, समितिले हालसालै किसानका लागि भनेर छुटै स्टल समेत छुट्याइएको छ । ती स्टलहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।कृषक बजार मंगलबारदेखि लागू हुनेगरी बन्द गरिएको छ । खुद्रा बजार बिहीबारदेखि लागू हुनेगरी बन्द र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बुधबारदेखि बन्द गर्न निर्णय गरेका छौं,’ उनले भने, ‘थोक बजारमा प्याकेजिङ गरेर मात्रै बिक्री बितरण गर्ने गराउने र एक वटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दे सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय भयो ।’
यस्तै, तरकारी बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गर्ने निर्णय भएको छ । तरकारी बजारभित्र मोटरसाइकल र ठेला प्रवेश रोकिएपछि भीड आफै नियन्त्रणमा हुने समितिको दाबी छ ।
त्यस्तै, ठूला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्डरहोल्डिङ यार्डमा अक्सन कारोबार गर्न सक्ने जनाएको छ । मंगलबारको निर्णय प्रहरीलाई पनि बोद्यार्थ दिएका छौं, निर्णयको कपी प्रहरीलाई बुझाएका छौं,’ भट्टराईले भने, ‘प्रहरीले पनि सहयोग गर्छन् ।’
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





