-
सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।
निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मुल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि हस आएको हो । तरकारी कम आएको भएपनि मुल्य भने बढेको छैन ।
सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्रि मुल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मुल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ । सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रिका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५०प्रतिशतले गिरावट आएको बताउनुभयो । उहाँले सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको बताउनुभयो ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौका लगायत सिजन तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ । समितिले स्थानीय तहसंगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद विक्रिका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राती ३ बजे देखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए ।
किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रिका लागि रातीको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ । २०५२ साल देखि कालिमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्कीले हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने भएकाले तरकारी खरिद बिक्रिका लागि समय निर्धारण गरिनु दुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले निषेधाज्ञापछि हरियो तरकारीको मुल्यमा ५० प्रतिशतले कमि आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमि आएको बताउनुभयो ।
यसैबीच,कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न र दुरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।
समितिले बजार भित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





