-
४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ । बिहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरेकाहुन् ।
माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए । जलबिधुत आयोजनामा अपर तामाकोशी महत्वपूर्ण गौरबको आयोजना भएको बताए ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आठ देखि १० दिनभित्र सुरुङमा पानी भरिएपछि बिद्युत उत्पादनको परिक्षण हुने बताए । त्यस्तै खिम्ती सवस्टेशनमा बिधुत पुराएर राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गरिने उनले जानकारी दिए ।
पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ ।
उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुनेछ । बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको लागत बढिरहेको छ । कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो । आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ । हालसम्म करिब ८३ अर्ब रुपैयाँको लागत निस्किसकेको छ । कम्पनीले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण ४० अर्ब छ ।
News Desk 0 response बिहिबार, बैशाख १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





