-
गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ । १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए ।
यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन् । बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन् । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले असार मसान्तपछि संक्रमित हुनेले कोरोना बीमा दावी गर्न नसक्ने बताए ।
त्यस्तै आगामी असारपछि कुनै पनि किसिमका कोरोना बीमा योजना सञ्चालन पनि नहुने भएका छन । एक अर्ब निर्जीवन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महाविपत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहोरेका छन् ।
साढे तीन अर्ब रूपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो । तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ । हालसम्म ६० हजार ५ सय ८७ जनाले मात्रै कोरोना बीमाको रकम पाएका छन् । उनीहरूलाई कुल पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ भुक्तानी भइसकेको समितिको तथ्यांक छ । हाल महाशाखामा १८ हजार बढी आवेदक पुष्टि हुने प्रक्रियामा छ ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





