-
नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले हालै जारी हुन थालेको निषेधाज्ञालाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ।सरकारले यही बैशाख १६ देखि निषेधाज्ञा लागू गर्न लागेको समाचार आइरहेको सन्दर्भमा यो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए। यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको छ।
यस अनुसार आगामी बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ।काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड सोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुनेछ।
हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ। उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन्। यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ।
अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ। यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ। अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ।हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन्।
News Desk 0 response मङ्लबार, बैशाख १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





