-
सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गर्नुभयो । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको बताउनुभयो ।
राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्र्दै प्रश्न गर्नुभयो । अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि बताउनुभयो । कोभिड विरुद्धको खोप आफै सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भएपनि विरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरुमा भयावह स्थिति आइसकेको बताउनुभयो । सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैले गरेका निर्णयहरु कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताउनुभयो । यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्मार्ण गर्छ की गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको बताउनुभयो । राज्यले आफै मापदण्ड बनाई नागरिक र विभिन्न निकायहरुलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफैले विभिन्न मेला गर्ने, भिडभाड गर्ने, उद्घाटनको नाउँमा भिड गराउने काम गरिरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लान्टहरुलाई मर्मत गरेर सञ्चालन गर्न तर्फ सरकारको ध्यान नगएको बताउनुभयो । कोभिड संक्रमित विरामीलाई अक्सिजन अत्यावस्यक छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले ध्यान नदिएको बताउनुभयो । सरकारसँग भएका प्लान्टहरु विगारेर कमिसनको खोजिमा हिंडने र जनतालाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको पनि बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको बताउनुभयो । यसमा संलग्न उद्योगी व्यवसायीहरु को को हुन नामावली संकलन गरेर जनतालाई थाहा दिनुपर्ने बताउनुभयो । अहिले सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन खोजिएको पनि बताउनुभयो ।
बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित विरामीको उपचारका लागि के कस्तो काम भइराखेको छ भन्ने समबन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ । कोभिडको बाहनामा सुशासनका विषयहरुमा कमजोरी हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
News Desk 0 response आइतवार, बैशाख १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





