-
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले कोभिडको सामना गरिरहेको सन्दर्भमा आगामी वर्षको बजेट पनि नयाँ ढङ्गले निर्माण गर्ने बताएका छन् । आगामी बजेटका सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको पुनरउत्थानका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि औंल्याए । उनले युवा उद्यमीका जायज सुझावहरुलाई बजेट मार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरुलगायका विषयमा सुझाव दिएका थिए । उनीहरुले चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउनुपर्ने लगायतका सुझावहरु समेत दिएका थिए ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





