-
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणिकरण नगरिदिदा युरोपेली मुलुकमा कामदार पठाउन नसकिएको बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा सचिव गौतमले माग प्रमाणिकरण गर्ने अधिकार सम्बन्धित मुलुकमा रहेका दूतावासहरुलाई भएको र उनीहरुले समयमै माग प्रमाणिकरण नगरिदिदा समस्या भएको बताए । युरोपका पोल्याण्ड र जर्मनीमा मात्रै १० लाखभन्दा बढी जनशक्तिको माग आउने सम्भावना रहेको तर दूतावासहरुले माग प्रमाणिकरण नगरिदिदा कामदार पठाउन नसकिएको उनले जानकारी दिए ।
माग प्रमाणिकरणका लागि श्रम मन्त्रालयले छुट्टै युनिट बनाएर काम गर्न प्रस्ताव गर्दा दूतावासहरुले नदिएको गुनासो समेत सचिव गौतमले गरे । श्रम सम्बन्धी विषय श्रम मन्त्रालयको हो भनिने तर माग प्रमाणिकरण गर्ने अधिकार दूतावासहरुमा रहदा समस्या आएको उनको भनाई थियो । यस्तै पछिल्लो समय कतार पुलिसमा कामदारका लागि प्रस्ताव आएको भएपनि केही कानूनी जटिलताका कारण निर्णय नलिइएको उनले बताए । कतार पुलिसमा कामदार पठाउँदा त्यहाँको मेलिटरी सर्भिस कानूनसँग जोडिएर पेनाल्टिको कुरा आउने र राष्ट्रिय सुरक्षामा तलमाथि भएको खण्डमा मृत्युदण्ड सम्मको कुरा आउने भएकाले राम्रोसँग विश्लेषण नगरिकन निर्णय गर्न नसकिने सचिव गौतमको भनाई थियो ।
यस्तै सचिव गौतमले घरेलु कामदार सम्बन्धी विषयमा यस अघि समितिले दिएको ६ बुँदे निर्देशन पूर्ण रुपमा पालना गर्ने हो भने कुनैपनि मुलुकमा कामदार पठाउन नसकिने बताए ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





