-
बजारमा माग बढेपछि पाँचथरको कुम्मायक गाउँपालिकाले अकबरे खोर्सानीलाई सम्भावनाको रुपमा हेर्न थालेको छ । घरायसी प्रयोजनका लागि मात्रै खेती गर्दै आएका कुम्मायकका किसानले यस्ता व्यवसायिक खेतीको रुपमा विस्तार गर्न थालेका छन ।
कुम्मायक गाँउपालिकाको १ नम्बर वडाले चालु आर्थिक वर्ष २०७७÷०७८ को २ लाख रुपैयाँबाट खोर्सानी खेतीलाई प्रवद्धन गरेको छ । वडाको आप्लुङ कृषि फर्ममा ५० हजार अकबरे खुर्सानीको नर्सरी उत्पादन गरी २ सय ५० कृषकलाई निशुल्क बितरण गरेको छ । गत वर्ष हरियाली अभियानबाट प्रशंसा बटुलेको वडाले अकबरे खोर्सानीबाट कृषकलाई आत्मनिभर बनाउँने प्रयास गरेको छ । अकबरे खोर्सानीको बिरुवा निशुल्क पाएकोमा वडाबासी हर्सित भएका छन ।
वडाले नर्सरीमा उत्पादन गरेको ५० हजार अकबरे खोर्सानी जनही १ सयदेखि एक हजारसम्म बिरुवा बितरण गरेको छ । यसैगरी खोर्सानी रोप्ने र उत्पादन गर्ने बिधिको बारेमा समेत कृषि शाखा कार्यालयले किसानहरुलाई जानकारी दिएको छ । बिरुवा बितरण कार्यक्रम मार्फत शाखाले कृषकलाई खोर्सानी खेतीको लागि जानकारी दिएको हो ।
वडा कार्यलयले बाताबरणीय पर्यावरण जोगाउँन यसअघि आर्थिक बर्ष ०७४÷०७५ मा टिक रङको ५० हजार बिरुवा र अर्थिक बर्ष ०७६÷०७७ मा ५० हजार खोटे सल्लाको बिरुवा निशुल्क बितरण गरेको थियो । त्यस्तै यो चालु आर्थिक वर्षमा भने अकबरे खोर्सानी खेतीलाई व्यवसायीक बनाउँदै जिबिकोपार्जनमा थप सहयोग पु¥याउँने उदेश्यले वडामा कार्यक्रम लागु गरिएको कार्यालयले जनाएको छ ।
वडामा निर्वाचित जनप्रतिनिधिले सुख्खाक्षेत्रको पर्यावरण जोगाउँन हरियाली अभियानदेखि अकबरे खोर्सानीबाट किसानलाई आत्मनिर्भर बनाउँन खोज्ने पहल प्रशंसा योग्य छ । तर किसानले उत्पादन गरेको कृषि जन्य बस्तुको बजारीकरणमा भने चासो दिनुपर्ने सरोकारवालाहरु बताउँछन ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३