-
लामो समयको बन्दाबन्दी ,मलमास समाप्त भए लगत्तै बिवाहाको लगन शुरू भएपछि बागलुङ सदरमुकाम सुनको ब्यापार ह्वात्तै बढेर गएको छ । बजारमा सुनको मुल्य बढेपनी सुनको ब्यापारमा भने कुनै कमि आएको छैन ।
नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेपनि बागलुङ बजारमा सुन खरिद विक्रिमा भने कुनै कमि आएको छैन ।कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि सरकारले गरेको बन्दाबन्दी र मलमासलेको कारण मन्द रहेको सुनको कारोवार न्युन रहेको बागलुङ सदरमुकाम नयाँ बर्ष लागे लगत्तै बिवाहाको लगन शुरू भएपछि सुनको ब्यापार ह्वात्तै बढेर गएको छ ।
सुनको भाउले हरेक दिन नयाँ रेकड राख्दै गर्दा गण्डकी प्रदेशको दोस्रो ब्यापारी केन्द्र बागलुङ सदरमुकामका सुन पसलमा यतिबेला सुन किन्ने ग्राहकहरूको भिड लाग्ने गरेको छ ।हिन्दु धर्मावलम्बीले मान्ने मलमासको कारणले माघ ,फागुन महिनामा बिवाहको लगन रोकिएकोमा बैशाख लागे संगै यतिबेला सुनको कारोबार बढेर गएको सुनचाँदी ब्यबसायी बताउछन् ।
यतिबेला पसलमा सुन किन्ने र बिवाहाको लागि गहना बनाउने काम भइरहेको ब्यबसायी तर कच्चा सुनको भने अभाव रहेको ब्यवसायीको गुनासो छ ।हरेक दिन सुनको मूल्य उचारचडाव भए पनि बिबाहको सिजन भएको कारणले उपभोक्ताको सुनचाँदी पसलमा बाख्लो उपस्थिति देखिन्छ ।
सुन जहिले पनि काम लाग्ने बस्तु भएको कारणले सुन खरिद गर्न आएको उपभोक्ता बताउँछन् ।राजधानीमा सुनको मुल्य ९० हजार ७ सय पुगेर नयाँ रेकर्ड कायम गरेपछि बागलुङ जिल्लामा ९१ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ भने चाँदी १हजार ३ सयमा कारोवार भएको छ ।
सुनको मुल्य जति धेरै बड्यो बागलुङ बजारमा सुनको माग झनै बढेर गएको देखिन्छ । बागलुङ जिल्ला धेरै रेमिटान्स भित्रीने जिल्ला भएको कारणले पनि सुनको कारोवार बढि हुने गरेको देखिन्छ । बागलुङ सदरमुकाम साना ठूला गरि दुई दर्जनभन्दा बढी सुनचाँदी ब्यबसायी रहेका छन् ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३