-
बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ जोड्ने बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल तरेको टिकट काट्न शुरू गरेपछि चौतर्फि बिरोध भएको छ ।
बागलुङ नगरपालिकाले मंगलबार देखि लागू हुने गरि बिश्व कै सबैभन्दा लामो ५६७ मिटर लामो १३८ मिटर अग्लो झोलुङ्गेपुल ओहोर दोहोर गरे बापत आन्तरिक तथा बाह्य पर्यटकलाई टिकट काटेर प्रवेश गराउन थालेपछि नगरपालिकाको यस निर्णयको सबैले बिरोध गरेका छन् ।
चैतेदशैको अवसरमा कालीका भगवती मन्दिरको दर्शन गर्न आएका अधिकांसले यो पुल हेर्न आउन थालेका छन् । पर्यटकीय दृष्टीले आर्कषक र नौलो भएकोले पर्यटक अनिवार्य पुलमा पुग्न थालेका भएपनि नगरपालिकाले पुल ओहोर दोहोर गर्दा शुल्क लिएपछि यसो गर्न नहुने स्थानियहरुले बताएका छन् ।गत असारमा निर्माण सम्पन्न भएर संचालनमा आएको यो पुल दुई महिनाअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका थिए । यो पुल बनेपछि पर्वतको पाङ तथा खुरकोटका बासिन्दा बागलुङ बजार आउन र बागलुङका मानिस पर्वत जान सहज भएको छ । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरी हिमाल लगायतका स्थान देख्न सकिन्छ । थप आर्कषणका लागि बत्ती जडान गरेर राती बल्ने व्यवस्था समेत छ ।
बागलुङ नगरपालिकाले भने यस बिषयमा कुनै प्रतिक्रिया जनाएको छैन । सरकारद्धारा निर्मित अन्य पुलहरुमा भने शुल्क अशुलेको कतै फेला परेको छैन । बागलुङमा दैनिक हजारौँ पर्यटक भित्राउने भनेर निर्माण गरिएको बिश्वकै सबैभन्दा लामो सिङ्गल स्प्यानको झोलुङ्े पुल यतिबेला बिवादमा परेको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२