-
प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको हो ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले औपचारिक क्षेत्रका श्रमिकहरुको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै ेनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतिपूर्ण भएको बताए । रोजगारदाताहरुले २० प्रतिशत योगदान गर्न तयार नभएका कारण समस्या भएको उनले जानकारी गराए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले ठूला उद्योगहरुका श्रमिक यस योजनाको दायरामा आउन चाहेपनि रोजगारदाताले चासो नदेखाएको बताए ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले कम्पनीहरुले ठेकेदारहरुसँग कामदार लिएर काम गराउने गरेका कारण सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकिएको भन्दै सरकारले कडा निगरानी गर्नुपर्ने सुझाव दिए । सांसदहरुले सामाजिक सुरक्षा कोष अन्र्तगत विभिन्न शिर्षकमा ऋणको व्यवस्था गरे यसप्रति आकर्षण बढ्ने बताए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२