-
रगिंन बत्तिहरुको प्रकास अस्थायी खाजाका पसलहरुमा मानिसहरुको भिड दैनिक सुनसरीको सदरमुकाम इनरुवामा अचेल देखिन्छ । इनरुवा नगरपालिका वडा नम्बर ३ मा नगरपालिकाको समेत सहयोगमा सञ्चालनमा आएको रात्रीकालिन बजारमा मानिसहरुको भिड दैनिक देखिन थालेको हो ।
जिल्लाको पुरानो नगरपालिका भएपनि विकास निर्माणका दृष्टिकोणले पछि परेको इनरुवा नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि देखि विकास निर्माणले गति लिन थालेसंग नयाँ नयाँका सोच सहितका कामहरु हुन थालेका छन । पछिल्लो समयमा नगरपालिकाकै नेतृत्वमा इनरुवा ३ सखुवागाछी अदालत रोडमा लाग्न थालेको रात्रीकालिन बजार यत्ति बेला चर्चामा रहेको छ ।
सडकका दुवै किनारामा रगिंन बत्तीहरु लगाइएका छन ,ठाउँहरुमा मोवाईल खाजा पसलहरु सञ्चालनमा आएका छन यसले स्थानीयलाई उत्साहित वनाएको छ ।
नगरपालिकाले पनि रात्रीकालिन बजारले नगरवासीहरुलाई व्यवसायी र रोजगारी प्रदान गर्ने विश्वास लिएको छ । नगरपालिकाले व्यवस्थित र मर्यादीत रुपमा सञ्चालन गराउने लक्ष्य सहित सञ्चालनमा ल्याएको रात्रीकालिन बजारले नगरको विकासका साथै रोजगारीमा समेत योगदान गर्ने नगरप्रमुख राजन मेहताले विश्वास गरेका छन ।
इनरुवा ३मा सुरु गरिएको रात्रीकालिन बजारले अन्य ठाउँमा समेत प्रेरणा प्रदान गर्दै मर्यादित रुपमा सुरु गर्ने विश्वास गरिएको छ । इनरुवामा पहिलो पटक सञ्चालनमा ल्याइएको एम आर स्ट्रीट पार्क सञ्चालनका लागि वडाका चारवटा टोल विकासको वैठक बसेर निर्णय गरेपछि सञ्चालनमा ल्याइएको एमआर स्ट्रीट पार्क व्यवस्थापन समितिका उपाध्यक्ष पदम भुजेलले वताए । नमुनाका रुपमा सञ्चालनमा आएको एमआर स्ट्रीट पार्क सबै मिलेर गर्दा राम्रो हुने विश्वास सहित आफुहरु लागेको समेत उपाध्यक्ष भुजेलले जानकारी दिए ।
रात्रीकालिन बजार सहित झिलिमिली वत्तीका कारण एमआर स्ट्रीट पार्क पछिल्लो समयमा अवलोकनकर्ताहरुको रोजाईमा पर्न थालेको छ ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२