-
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताउनुभएको छ ।नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदुषित गर्ने प्रत्यन्त भएको समेत बताउनुभयो । उहाले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो । मन्त्री ज्ञवाली नेपाल भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहनेको जिकिर गर्नुभयो । नेपाल भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को बिकल्प नरहेको उहाले बताउनुभयो ।
त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरुको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताउनुभयो । उहाले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।
News Desk 0 response शुक्रबार, बैशाख ३, २०७८
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३