-
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पहिचान नखुलेका शवको संख्या शून्यमा झार्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पहिचान नखुलेका शवहरुको संख्या बढ्दै गएपनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै पहिचान नखुलेका शवको संख्या शून्यमा झार्नेगरि काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । बेवारिसे शवहरूको व्यवस्थापन सम्बन्धी छुट्टै निर्देशिका भएपनि सो अनुसार काम नभएको भन्दै ती कामलाई एकीकृत गर्न समेत निर्देशन दिइएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै समितिले सबै बेवारिसे शवहरूसम्बन्धी जानकारी दिनका लागि छुट्टै वेबसाइट संचालनमा ल्याउन निर्देशन दिएको छ भने डिएनए नमूना संकलन भएको यकिन गरेपछि मात्र बेवारिसे शव व्यवस्थापन गर्न समेत निर्देशन दिइएको सभापति श्रेष्ठले बताउनुभयो ।
बैठकमा कारागार सम्बन्धी कानूनलाइ संशोधन एवं एकीकरण गर्न बनेको बिधेयक र बेवारिसे शवको पहिचान एवं व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री राम बहादुर थापा बादलले राजबन्दीका बिषयमा राजनीतिक रुपमा छलफल गरेर आवश्यक कानून तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाले राजबन्दीका बिषयमा कानूनी परिभाषा नभएकाले यसलाई आगामी दिन परिभाषामा ल्याउन पहल गर्ने आश्वासन दिनुभयो ।
त्यसअघि बैठकमा एमालेका सांसद झपट रावलले आफू बस्ने घरमा भएको ढुंगा प्रहार भएको जानकारी गराउनुभएको थियो । उहाले आफूले सुरक्षाका लागि १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताउनुभयो । पछि हनुमान ढोका प्रहरीलाई फोन गर्दा झन्डै ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको उहाले बताउनुभयो ।
रावलले सुरक्षा निकाय परिचालन गर्ने कुरामा सुधार गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले यसबारे छानविन गर्न गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउनुभएको थियो ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२