-
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको योजना सम्बन्धमा भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले मध्य पहाडी भूभागलाई हिल स्टेसनको रुपमा विकास गर्नका लागि ‘पर्यटन लगानी सम्मेलन’ गर्नुपर्ने बताउनुभएको हो । यस्तो लगानी सम्मेलन मार्फत पर्यटन क्षेत्रमा वैदेशिक लगानी ल्याउन सकिने उहाँले बताउनुभयो । यस्तै औद्योगिक व्यवसाय ऐन र नेपाल राष्ट्र बैंकको सर्कुलरमा पर्यटन क्षेत्रसँग सम्बन्धित स–साना पूर्वाधार निर्माणका लागि हुने खर्चलाई संंस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस्तो हुन सकेमा पर्यटन बोर्डले कर्पोरेट संस्थाहरुसँग मिलेर धेरै काम गर्न सक्ने बताउनुभयो ।
यस्तै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने पनि बताउनुभयो । विदेशी फिल्महरुबाट नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार सहज हुने भएकाले त्यस्ता फिल्म सुटिङ गर्न दिनका लागि एकद्धार नीति अवलम्बन गर्नुपर्ने, ड्रोन र क्यामेराको आयातमा सहज गराउनुपर्ने, ट्याक्स डिपोजिटमा सहज बनाइदिनु पर्ने र सुरक्षाको प्रबन्ध मिलाउने गरी नीति निर्माण हुन सके धेरै फिल्महरु नेपालमा बन्ने र त्यसबापत नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने बताउनुभयो ।
पर्यटकलाई सहज हुने गरी देशका विभिन्न स्थानमा सार्वजनिक ट्वाइलेटको व्यवस्था गरिनुपर्नेमा पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले जोड दिनुभयो । देशका विभिन्न स्थानमा २५ सय भन्दा बढी पेट्रोल पम्प रहेको र उनीहरुमार्फत समाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक ट्वाइलेट निर्माण र व्यवस्थापन गराउने नीति लिदा राम्रो हुने बताउनुभयो । यस्तै पर्यटकका लागि सूचना दिनेगरी देशभरका बसपार्कमा नमस्ते सेन्टर स्थापना गर्नुपर्ने आवस्यकता रहेको पनि बताउनुभयो ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





