-
नेपाल–भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल तटबन्ध को दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच-पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा सञ्चारमाध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।नेपाली टोलीमा चिफ सर्भे अफिसर जयानन्द जोशीको नेतृत्वमा सर्भे अफिसर कमल शाही र कपिल कटुवाल तथा सर्भेयर सहदेश घिमिरे र सुन्दर देवकोटा छन् । यस्तै भारतको तर्फबाट डिएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धिरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिएकाछन् ।दुबै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल गरेको बताइएको छ ।
दुबै देशको टोलीले सोमबार स्थलगत निरीक्षण गरेकोले प्राविधिक टोली फर्किएपछि थप जानकारी प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नेपाली पक्षसँग समन्वय नै नगरी सीमाक्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले पटकपटक पत्राचार गरे पनि भारतले बेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो ।भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा समेत सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गर्नुका साथै पछिल्लो समय प्राविधिक निरीक्षणका लागि टोली पठाएको हो ।दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी नेपाली भूमिमै तटबन्ध निर्माण गरिरहेको छ । २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा सो क्षेत्र नदीपारि परेको थियो । भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको स्थानीय रघुवीर ठगुन्नाले दावी गरेकाछन् ।
२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एक हजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको छ । तत्कालीन खेल मैदान, वन कार्यालयको भवनलगायत भूभाग सबै नदीपारि गएको छ । भारतले महाकाली पारी गएको नेपाली भूमिमै नेपाललाई जोखिम हुने गरेर तटबन्ध निर्माण गरिरहेको स्थानीय दीपक बडूले बताए । महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि झन त्रसित बनेका छन् ।
बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुशी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो । भारतको अनुरोध पछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी क्षेत्र पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।
News Desk 0 response सोमवार, चैत्र ३०, २०७७
भारतीय पक्षले विगत वर्षहरुमा नेपालसँग समन्वय नगरीकनै विभिन्न ठाउँमा काठेपुल बनाउँदै आएको थियो । त्यतिमात्र हैन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार गरेर नियमित यातायातका साधनहरु निर्बाध रुपमा सञ्चालन गरिरहेको छ । भारतीय सडकका कारण महाकालीको सतह खुम्चिँदै गएको छ, भने नेपालतर्फ कटान समेत हुने गरेको व्यासका स्थानीय दीपक बडूले बताए । सीमा अतिक्रमण र सीमाक्षेत्रमा निर्माण हुने गरेका एकतर्फी संरचनाले नेपाली भूमि उच्च जोखिममा परेको उनको भनाइ छ ।
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२