-
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”ले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिनुभयो ।
उहाँले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।उहाँले भन्नुभयो “म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु , व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।”
कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२