-
नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या पुनः उकालो लाग्ने क्रममा छ । छिमेकी मुलक भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि संक्रमण दर बढदो छ । यसरी संक्रमित भएका कतिपयमा नया प्रकृतिको भाइरस देखिएको छ ।
नोबल कोरोना भाइरसकै विभिन्न नयाँ स्वरुपहरु विश्वका विभिन्न मुलकमा देखिएका छन् । पुरानै कोरोना भाइरसको अहिले तीन वटा नयाँ प्रजातीका भाइरस विश्वभर चर्चा र चासोको विषय समेत बनेको छ । तीन वटा नयाँ स्वरुप अन्र्तगत बेलायती, अफ्रिकन तथा ब्राजेलियन भाइरस अहिले चिन्ता र चासोको विषय बनेको हो । बेलायती भाइरस हाल १ सय २० वटा देशमा फैलिसकेको छ । त्यस्तै अफ्रिकन भाइरस ८० वटा तथा ब्राजेलियन ४५ वटा देशमा फैलिएको छ । छिमेकी मुलक भारतमै पनि अहिले अफ्रिकन, ब्राजेलियन तथा बेलायती नयाँ प्रजातीको भाईरस भेटिएका छन् । नेपालमा समेत बेलायती भाइरस प्रवेश गरीसकेको छ ।
गतवर्ष देखिएको कोरोना भाइरको तुलनमा बेलायती भाइरस छिटो सर्ने अध्ययनहरुले देखाएको छ । साथै यो भाइरसले युवा तथा बालबालिकामा समेत असर गरेको देखिएका छ । नेपालमा पनि यो भाइरस प्रवेश गरिसेकेकाले संक्रमण अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् । साथै हाल विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् । सरुवा रोग टेकु अस्पालमा पनि हाल निमोनिया देखिएका कोरोना संक्रमित १४ जना विरामी उपचरत छन् । साथै आइसोलेसमा ४ जना बिरामी रहको अस्तालको भनाई छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या समेत उकालो लाग्ने क्रममा छ । साथै केहि दिन यता सिकिस्त खालका कोरोना संक्रमितको संख्या समेत बढ्न थालेको छ । विश्वव्यापी उदाहरण हेर्ने हो भने कोरोना भाइरसको नयाँ प्रजाति बेलायती भाइरस बढी संक्रामक र मृत्युदर उच्च रहेको तथ्य बाहिर आएका छन् । कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण देखापरेको छ । साथै अहिले नेपालमा दोस्रो लहरको सुरु भएको मानिएको छ । यस्तो अवस्थमा कोरोना संक्रमण महमारी बन्न नदिन आम नागरिक देखि सम्बन्धित निकाय समेत सचेत र जागरुक हुन आवश्य देखिन्छ ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





