-
नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् ।
विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन् । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भईरहेको व्यवसायीहरुको गुनासो छ । अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले बताएका छन् ।
असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षा अनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराह अभियान’ सञ्चालन गरेका थिए । त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी शुरु गरेपछि भने व्यवसायीहरुलाई केही राहत मिलेको छ । यस्तै आन्तरिक पर्यटक आउने क्रम पनि बढेको छ ।
कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक वर्ष अघि देखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौंको क्षति भएको व्यवसायीहरुले बताउँदै आएका छन् । तरपनि राज्यले दिने भनेको सुविधा कागजि जटिलताका कारण लिन नसकेको गुनासो व्यवसायीहरुको छ । राहत प्याकेजमा साहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलव्ध गराउनुपर्ने क्षेत्रीय होटल संघ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताउनुभयो ।
कोरोना संक्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि निजि र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने अवस्था छ । यसका साथै व्यवसायीहरुलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेजलाई व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२