-
म्यानमारमा जारी प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको संख्या ५८० नाघेको छ । बुधवार एकै दिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५८० नाघेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताएको छ । सैन्य सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि विज्ञप्तिमा भनिएको छ ।
सेनाले दमन गरे पनि म्यानमारमा सैन्य ‘कू को विरोध हुन र सरकारले प्रदर्शनकारीको हत्या गर्न छोडेको छैन । हिंसा चर्किएपछि म्यानमारका कैयौं नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले ‘कू’ गर्दै आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिँदै सत्ता हात लिएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । एजेन्सी
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३