• उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।शुक्रवार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको ४२ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरूलाई समाधान गर्न लागि परेको बताउनुभएको हो । राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको बताउदै उहाले थप छलफल गरी नीति ल्याउने तयारी पनि भइरहेको जिकिर गर्नुभयो । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको बताउदै उहाँले विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न मन्त्री भट्टले व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र नाफामुखी हुने र त्यहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको बताउनुभयो । उहाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको बताउदै सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको आरोप लगाउनुभयो ।

    कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका थिए । सरकारले अनुगमनका नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको उनीहरुले आरो लगाएका थिए । अध्यक्ष गोल्छाले बताउनुभयो ।

4565