• थ्री नेसन्स कपको फाईनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधिमा कक्जा जमाउन सफल भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो । नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

    फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओलीले पूरै समय गेम हेरेर बसेका थिए । नेपालले गोल गरेपछि प्रधानमन्त्री ओलीले उठेर ताली बजाएका थिए

4565