-
बलियो नेपाल कप यू १६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । किन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गरिने जनाएको छ । बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुने प्रतियोगिता अप्रिल ३ देखि १० गतेसम्म दाङको लमहीमा हुनेछ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीहरुलाई क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ । प्रतियोगिताका लागि १२ वटै जिल्लामा छनोट खेल हुनेछ । क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सृजना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन् २०३९ सम्म विश्वकप जिताउने लक्ष्यका साथ युवा खेलाडी उत्पादन गर्नुपर्ने बताए । उनले बलियो नेपाल कप क्रिकेट प्रतियोगिताको घोषणा कार्यक्रममा अबको १९ बर्षमा नेपालले विश्वकपको उपाधि जित्ने लक्ष्य लिइएको बताए ।
पारसले १९ बर्षमा विश्वकप जित्ने हो भने अहिलेबाट नै त्यसको तयारी गर्नुपर्ने र त्यसको एउटा माध्यम १६ बर्ष मुनिको बलियो नेपाल कप क्रिकेट हुन सक्ने बताए ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३