-
कञ्चनपुरको बेलौरी स्थित भन्सार नाका स्तरोन्नतिको लागि नागरिकस्तरबाट सकृयता बढाइएको छ । करीब १६० वर्ष पहिले वि.सं. १९१७ सालमा स्थापित बेलौरी मुख्य भन्सार नाका वि.सं. २०१९ सालमा सदरमुकाम विस्थापित भएपछि मुख्य भन्सारको रुपमा निरन्तर कायम रहन सकेन । यद्यपि पछिल्लो समयमा भौतिक संरचना र आवश्यक पूर्वाधारहरुको सहज पहुँच भएको बेलौरी भन्सार नाकालाई स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित गर्न नागरिक स्तरबाट पहल समेत भइरहेको छ ।
कञ्चनपुरको बेलौरीमा आज भन्दा करीब १६० वर्ष पहिले वि.सं. १९१७ साल देखि सञ्चालनमा आएको बेलौरी मुख्य भन्सार वि.सं. २०१९ सालमा बेलौरीबाट सदरमुकाम विस्थापित भएपछि मुख्य भन्सारकै रुपमा निरन्तर कायम रहन सकेन । यद्यपि पछिल्लो समयमा बेलौरी भन्सारसंग जोडिएको भारतीय सीमावर्ती क्षेत्र खजुरियासम्म भारतको नेसनल हाइवे रोड बनिसकेको छ भने यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग संग जोड्ने कलुवापुर बेलौरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन् । यसका अतिरिक्त भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा कष्टम अफिस खोल्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपालतर्फ बेलौरी छोटी भन्सारको स्वामित्वमा करीब पाँच बिघा जमिन, एउटा दुई तले र दुईटा एकतले पक्कि घर भएको, बीचमा कुनै वनजङ्गल तथा नदिनाला नभएको र नेपाल–भारत दुवै देशले बेलौरी खजुरीया आधुनिक नाका भन्सारको प्रकृया अगाडी सारेको अवस्थामा भन्सार स्तरोन्नतिका लागि सबैपक्षले पहल गर्नुपर्नेमा यस क्षेत्रका विकास प्रेमी नागरिकहरुले जोड दिएका छन् ।
वि.सं. २०७५ मंसिरमा काठमाडौँमा भएको नेपाल र भारत दुवै देशका भन्सार विभागको उच्च स्तरीय प्रतिनिधि मण्डलको भेलाले समेत बेलौरी सहित देशभरका पाँचवटा सीमा विन्दुहरुमा नाका भन्सार स्थापना र स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । गौरीफण्टा र गड्डाचौकी नाका भन्सारबीचको ७० किलोमिटर दुरीको मध्यभागमा रहेको बेलौरी भन्सारको स्तरोन्नति गरी नाका भन्सार बनाउने सम्बन्धमा बेलौरी उद्योग वाणिज्य संघले समेत लामो समयदेखि पहल गरिरहेको छ ।
भारतीय सीमावर्ती क्षेत्रका जनप्रतिनिधिले उक्त नाका भन्सार स्तरोन्नतिको आवाज उठाइरहँदा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधिले अहिलेसम्म कुनै पहल गर्न नसकेको व्यवसायीहरुको गुनासो छ ।
बेलौरी भन्सारको स्तरोन्नतिका लागि बेलौरी उद्योग वाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नेकपा एमालेका नेता पल्लब राज भट्ट, अभियान्ता केशवराज जोशी र सञ्चारकर्मीहरुको एक टोलीले हालै बेलौरी छोटी भन्सार कार्यालय समेत हेरिरहेको कैलाली भन्सार कार्यालयका प्रतिनिधिहरुसँग छलफल र त्यहीँ मार्फत नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागमा आवश्यक बजेट र स्तरोन्नतिका लागि पत्र सम्प्रेषण गरेको छ । त्यसक्रममा कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाले भौतिक संरचना र पूर्वाधारको संरक्षण तथा स्तरोन्नतिका लागि भन्सार कार्यालय प्रतिवद्ध रहेको जनाएका छन् ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
भारतसंगको द्विदेशीय भन्सार नाकाका रुपमा बेलौरी–खजुरीया भन्सार नाका स्थापित गर्न सके सुदूरपश्चिम प्रदेशका लागि प्रमुख आर्थिक, व्यापारिक र पर्यटकीय गतिविधि तथा विकासमा कोशेढुंगा सावित हुने देखिन्छ ।
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२





