-
सशस्त्र प्रहरी क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिवार विहान काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।
दुबैले पहिलो संस्करणको पनि उपाधि जितेका थिए । १३ औं सागका स्वर्ण पदक जितेका गोपीले निर्धारित दुरी ३१ मिनेट ४४ दशमलब ४९ सेकेण्डमा पूरा गरे । उपाधिसँगै गोपीले ६० हजार नगद प्राप्त गरे । पुरुषतर्फ अनिस थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको समयसहित दोस्रो भए ।
तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकाल्दै तेस्रो भए । सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३ दशमलब ४४ सेकेण्डमा पूरा गरेर ६० हजार नगद प्राप्त गरिन् । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फुलमती राना ४० मिनेट ५६ सेकेण्डको समयसहित तेस्रो भईन् ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३