-
नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।दशरथ रंगशालामा यही चैत १० देखी १६ गते सम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता किरणले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताएका हुन् ।
कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ । त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जस अनुसार एन्फाले सामान्य प्याराफिट तर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर तोकेको छ ।
दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोािगताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यस अघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।
यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३