-
राजधानीमा जारी भ्याली कन्सट्रकसन देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेस गरेको हो । दोस्रो सेमी फाइनलमा बिराटनगर महानगरपालिका वडा नं ३ ले धरान उपमहानगर १२ लाइ ३–१ को सेट मा पराजित अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।
तेस्रो दिनको खेलमा पुरुष टिम इभेन्ट्समा सेमी फाइनल तथा पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेलहरु सम्पन्न भए । महिला एकल तर्फको खेलमा विभिन्न चरणका खेलहरुमा सुखद नतिजा निकाल्दै भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवालले अघिल्लो चरणमा स्थान बनाए । सोहि पालिकाको वडा नं ५ बाट नर्मदा खैटु , नुवाकोट बाट बिनु तामाङ , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्वत नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर र सोहि पालिकाको वडा नं ९ बाट सतिश्मा थापा, ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौं महानगरपालिका वडा नं २ बाट सुभश्री श्रेष्ठ र सोहि पालिकाको वडा नं १७ बाट अस्मिता मानन्धर, झापा गाउपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवाशभा वडा नं ४ बाट बिएन्का राईले आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै महिला एकलको प्रि–क्वाटर फाइनलमा प्रवेश गरे । प्रतियोगितामा बुधबारै पुरुष एकलको दोस्रो चरणका खेलहरु पनि सम्पन्न भए ।
प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष-महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३