-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि काँग्रेसले मरिहत्ते नर्गने बताउनुभएको छ ।
खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आइतबार बारामा उद्घाटनगर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न आफू र आफ्नो पार्टी लागि नपरेको बताउनुभएको हो । उहाँले देशको अहिलेको अवस्थालाई मध्यनगर गर्दै जिम्मेवारी काँधमा आए पछि नहट्ने तर प्रधानमन्त्री बन्न ¥याल नचुहाउने जिकिर गर्नुभयो ।
सभापति देउवाले नेपाली काँग्रेको महाधिवेशन नजिकिदै गएका कारण नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको ध्यान महाधिवेशन केन्द्रीत हुने बताउदै उहाले निर्वाध रुपमा विना भेदभाव पार्टीका गतिविधिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बस्नेतले काँग्रेसले काँग्रेसलाई भोटहाल्ने बानी बसालेको खण्डमा अहिले राजनीतिक अवस्था जस्तो कहिल्यै नआउने बताउनुभयो । उहाले कम्युनिष्टहरुले देशकामा गरेको गद्दारीलाई जनतामाझ उदंग्याउदा नेपाली काँग्रेसलाई अर्को चुनावमा कसैले हराउन नसक्ने बताउदै देशको नेतृत्व गर्ने अवसर नेपाली काँग्रसलाई आए पछि नहट्न आग्रह गर्नुभयो ।
उहाले जिल्ला–जिल्लामा खेलकुद गतिविधि निरन्तर जारी राख्ने बताउदै उचित मानिसलाई नेपाली काँग्रले उचित स्थान दिने बताउनुभयो । कुस्ती प्रतियोगिता चैत १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेस खेलकुद विभागले जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२