-
कञ्चनपुरको लालझाडी गाउँपालिकाका कृषकहरु उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम सञ्चालन भएपछि लालझाडीका कृषकहरु आधुनिक कृषि प्रणाली अनुसार उखु खेती गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीले उखु कृषकहरुलाई उखुको बिउविजन, मलखाद, यन्त्र उपकरण र प्राविधिक सहयोग पुर्याउँदै आएको छ । जसबाट उक्त क्षेत्रका उखु कृषकहरु आधुनिक कृषि प्रणालीको प्रयोगबाट लाभ लिइरहेका छन् ।
गतवर्षदेखि लालझाडी गाउँपालिकाका ६ ओटा वडा मध्ये १ देखि ४ नम्बर वडासम्म मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम लागु गरिएको थियो । परम्परागत कृषि प्रणाली भन्दा कृषि यन्त्र तथा उपकरण प्राप्त गरेपछि सहज भएको कृषकहरुको भनाइ छ ।
कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई अनुदानमा यन्त्र तथा उपकरण समेत वितरण गरिएको छ । उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न खटाइएका कृषि प्राविधिकले समेत कृषकहरुलाई आवश्यक सहयोग गरिरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा संचालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एम रेड) परियोजनाले समेत उखु खेतीलाई सहयोग गरिरहेको छ । लालझाडीका उखु कृषकहरुलाई प्राविधिक रुपमा मद्दत पुर्याउने उद्देश्यले परियोजनाले समेत कृषि प्राविधिक खटाएको छ । ती स्थानीय कृषि प्राविधिक केशव चौधरीले समेत कृषकहरुलाई आवश्यक सुझाव दिने गरेका छन् ।
यहाँका थुप्रै कृषकहरुले नदिले कटानि तथा पटानि गरेको बगर तथा नदि किनारमा समेत उखु खेती गरेको पाइन्छ । जसमार्फत बाढी नियन्त्रणमा मद्दत पुगेको र उखु खेतीबाट समुदायको आम्दानी समेत बढेको छ । उखु खेतीबाटै जीवनस्तर माथि उकास्न तल्लीन यहाँका कृषकहरु जंगली जनावरको आतंकबाट भने पीडित बन्ने गरेका छन् । यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३