-
कञ्चनपुरको लालझाडी गाउँपालिकाका कृषकहरु उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम सञ्चालन भएपछि लालझाडीका कृषकहरु आधुनिक कृषि प्रणाली अनुसार उखु खेती गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीले उखु कृषकहरुलाई उखुको बिउविजन, मलखाद, यन्त्र उपकरण र प्राविधिक सहयोग पुर्याउँदै आएको छ । जसबाट उक्त क्षेत्रका उखु कृषकहरु आधुनिक कृषि प्रणालीको प्रयोगबाट लाभ लिइरहेका छन् ।
गतवर्षदेखि लालझाडी गाउँपालिकाका ६ ओटा वडा मध्ये १ देखि ४ नम्बर वडासम्म मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम लागु गरिएको थियो । परम्परागत कृषि प्रणाली भन्दा कृषि यन्त्र तथा उपकरण प्राप्त गरेपछि सहज भएको कृषकहरुको भनाइ छ ।
कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई अनुदानमा यन्त्र तथा उपकरण समेत वितरण गरिएको छ । उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न खटाइएका कृषि प्राविधिकले समेत कृषकहरुलाई आवश्यक सहयोग गरिरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा संचालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एम रेड) परियोजनाले समेत उखु खेतीलाई सहयोग गरिरहेको छ । लालझाडीका उखु कृषकहरुलाई प्राविधिक रुपमा मद्दत पुर्याउने उद्देश्यले परियोजनाले समेत कृषि प्राविधिक खटाएको छ । ती स्थानीय कृषि प्राविधिक केशव चौधरीले समेत कृषकहरुलाई आवश्यक सुझाव दिने गरेका छन् ।
यहाँका थुप्रै कृषकहरुले नदिले कटानि तथा पटानि गरेको बगर तथा नदि किनारमा समेत उखु खेती गरेको पाइन्छ । जसमार्फत बाढी नियन्त्रणमा मद्दत पुगेको र उखु खेतीबाट समुदायको आम्दानी समेत बढेको छ । उखु खेतीबाटै जीवनस्तर माथि उकास्न तल्लीन यहाँका कृषकहरु जंगली जनावरको आतंकबाट भने पीडित बन्ने गरेका छन् । यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२