-
टाटा मोटर्सको पाँच वटा नयाँ गाडीहरु पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक भएको छ । मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत शुक्रबार कार्यक्रमा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नाडा एसोसिएसन पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यद्वारा समुद्घाटन भएको हो ।
टाटाको पाँच वटा नयाँ गाडीहरुमा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ रहेका छन् । यी गाडीहरु बि एस सिक्स प्रविधिले सम्पन्न रहेका छन् । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ ।
यी गाडीहरु टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे हुनाले यसका बनावट पनि अत्यन्तै सुन्दर रहेका छन् । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।
१० नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।२० नयाँ टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।३० नयाँ नेक्सन
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।४० नयाँ अलट्रोज
१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।५० नयाँ एच फाईभ
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।
सम्बन्धित शीर्षकहरु
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





