-
एनएमबी बैंकले विराटनगरस्थित सब्जी, फलफूल तथा गुद्री बजार मा क्यूआर कोडमार्फत गरिने भुक्तानी सेवा सुरु गरेको छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सो स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर उक्त सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा गर्भनर अधिकारीले नगद कमभन्दा कम प्रयोग गर्न आह्वान गरे ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सन्तोषी देवी भगतलाई १० लाख रुपैयाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृतिपत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारे ।
केसीले भने, ‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरूमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिवद्ध छौँ ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, युवा उद्यमी प्रदीपकुमार मुरारका, विराटनगर- ११ का वडा अध्यक्ष त्रिथेन्द्र न्यौपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेवलगायत स्थानीय निकायका पदाधिकारीहरू, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरू, स्थानीय कृषि व्यवसायीहरूको उपस्थिति थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३