-
पुर्व क्षेत्रका नाकाहरु नखोलिएका कारण पर्यटकहरु आउन नसकिरहेको तर्फ मध्यनजर गर्दै सरकारसंग पर्यटन व्यवसायीले नाका खुल्ला गरिदिन माग गरेका छन ।प्रदेस नम्बर १मा विभिन्न चारवटा नाका रहेको भएपनि कोरोनाका समय देखि बन्द गरिएका कारण पर्यटन व्यवसाय समेत मारमा परेको भन्दै पर्यटन व्यवसायीहरुले नाका खुल्लाका लागि माग गरेको हुन ।
सुनसरीको इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा आयोजना गरिन लागेको एक दिने फुड एण्ड बेभरेज मेला २०२१का विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तेजबहादुर पुरीले सो गुनासो गरेका हुन । कोरोना कहरका कारण होटल तथा पर्यटन व्यवसायीहरु मार रहेको भन्दै अध्यक्ष पुरीले सरकारले उद्यमी कर्जा भनेर १५लाख सम्म दिने भनिएको भएपनि व्यवसायीहरुले सहज रुपमा पाउन नसकेको समेत गुनासो गरे । उनले व्यवसायीहरुको लगानी क्षमतालाई हेरेर नेपाल सरकार र प्रदेस सरकारले सहुलियतमा क्रृण उपलव्ध गराउनु पर्ने माग समेत राखे ।
पत्रकार सम्मेलनमा फुड एण्ड बेभरेज मेलाका संयोजक सुनिल भुसालले पुर्व क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउने उद्धेश्यले मेला सञ्चालन गर्न लागिएको जानकारी गराए । उनले पुर्वका पर्यटकीय क्षेत्रका दृष्यहरु मेलामा आउनेहरुलाई देखाएर पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको समेत वताए ।
खादै रमाउदै पर्यटन वुझदै मेलामा रमाउन सकिने वातावरण सहितको मेलामा विभिन्न देसका परिकारहरुको स्वाद लिन सकीने जानकारी गराइयो । सो अवसरमा बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठीत टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल युकेका उप विजेता सेफ सन्तोष साहलाई सम्मान कार्यक्रम सहित राष्ट्यि कलाकारहरु सुगम पोखरेल , एलिना चौहान , समिक्षा अधिकारी ,ममता गुरुगं , कमेडि च्याम्पेनका उपविजेता सुमन कोइरालाको समेत कार्यक्रममा प्रस्तुति रहने आयोजकहरुले जानकारी गराए ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२