-
बारा जिल्लाका केरा किसान बिमातर्फ आकर्षित भएका छन् । बाराको निजगढ नगरपालिकामा दुई वर्षदेखि सञ्चालन भएको बिमा कार्यक्रममा बिमा गर्नेको सख्या समेत बढ्दै गएको हो ।
दुई वर्षदेखि सञ्चालन भएको बिमा कार्यक्रम अन्तरगत निजगढमा करिब २ सय ४३ जना केरा किसानले बिमा गरिसकेको नगरपालिकाले जनाएको छ । बिमाको ७५ प्रतिशत नेपाल सरकराद्घार अनुदान दिईएको छ । किसानले २५ प्रतिशत तिनुपर्ने हुन्छ । किसानले तिर्नुपर्ने २५ प्रतिशतमा १२.५ प्रतिशत निजगढ नगरपालिकाले थप अनुदान किसानलाई दिए संगै निजगढका केरा किसानको बिम गर्ने सख्या बढेको छ ।
केरा किसानको प्रति कठ्ठा ६० बोट केराहरु बिमा गरिदै आएको छ । निजगढ नगरभित्रमात्रै गत आर्थीक बर्ष २०७६÷२०७७ मा १३० जना कृषकहरुको करिब १४६ विगाह ५९ कठ्ठा ४२.२ धुर जमिनमा रहेको केरा बिमा गरिएको थियो । त्यसबेलामा नगरपालिकाबाट १० प्रतिशत अनुदान दिएको थियो । यस आर्थीक बर्ष २०७७÷२०७८ मा करिब २४३ जना कृषकको करिब २९० विगाह १२ कठ्ठा १ धुर जमिनमा रहेको केरा बिमा गराईसकेका छन । केरा रोपेको १५ दिन भित्र बिमा गराउनु गर्ने हुन्छ, पुरानो बोट कोरा प्रतिबोट रु २३६.६१ मा बिमा गराईछ भने नयाँ बोट प्रति बोट रु २८६.९१ रुपयामा बिमा गरिदै आएको छ किसानले यसको १२.५ प्रतिशत मात्रै तिनुपर्ने हुन्छ । कतिपय किसान बिमाप्रति आकर्षित भएकाले बिमाको प्रक्रियामा रहेका छन् । सुरुको पहिलो वर्षमा बिमा गर्न आनाकानी गरेका व्यवसायीहरुले पछिल्लो वर्ष भने केही खुलेर बिमा गर्न थालेका छन् ।
बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो । केरा ब्लकबाट बिकसित हुदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् । अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेकोले केरा खेती तर्फ किसानको आकर्षण बढेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३