-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको बताउनुभएको हो । अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उहाँको भनाई छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’
मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनास चाहाने प्रवृति आफुहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहाने, बिनाश चाहाने प्रवृत्ति पनि छ । म हिजो मात्रै रुपन्देहीमा गएको थिँए । हामीले मोतिपुर औद्योगिक क्षेत्रको शिल्यानाश गर्ने कामलाई अगाडी बढाउन । हामी भित्रै प्रवृतिले ढुंगामुढा गर्न लगायो । ध्वंस चाहाने र निर्माण नचाहाने, बिनाश चाहाने, विकास नचाहाने प्रवृत्ति पनि हामि भित्रै छ । त्यसलाई ठिक ढंगले पहिचान गर्ने र त्यो प्रवृत्तिका विरुद्ध हामी संघर्ष गर्ने कुरो नै हुन्छ ।’
मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मअनुशासन होकि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उहाँले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाउनुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२