• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशको पर्यटन विकास आयोजनाका सब इन्जिनियरलाई ५० हजार घुस सहित पक्राउ गरेको छ ।अख्तियारले सव(इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिनेक्रममा लिएको ५० हजार घुस रकमसहित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

    सब इन्जिनियर लामिछानेलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

4565