• ललितपुर र सिन्धुपाल्चोकमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले करिव साढे २४ करोड आर्थिक सहयोग गरेको छ ।

    ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पुनर्निर्माणका लागि बुधवार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर समेत भएको दूतावासले जनाएको छ ।

    इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापना लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

    २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका यी सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत हुने बताइएको छ ।

4565